Skip to content Skip to left sidebar Skip to footer

सोमेश्वर गढी

सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । यो क्षेत्रमा नेपाल भारतको ४५ नम्बर सीमा स्तम्भ छ । यही पर्वत श्रृंखलामा सोमेश्वर गढी पर्छ । पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन यो गढी निर्माण गरेका थिए । बसन्तपुर बजारबाट सामेश्वर गढी फेदी करिब ११ किमिको दूरीमा छ । वाल्मीकि, सौराहा, गोलाघाट र सोमेश्वरगढी जोड्ने गरी पर्यटकीय मार्ग बनाउने गरी छलफल भइरहेको उनले बताए । “स्थानीय युवालाई कर छुट, सहुलियत ऋण सुविधा दिएर ठूला रिसोर्ट खोल्न प्रोत्साहन गरिने छ”, उनले भने, “जनजातिका होमस्टे खोल्न पहल भइरहेको छ, पर्यटक चहलपहल बढाउन आवश्यक पूर्वाधार निर्माणमा केन्द्रित छौँ ।” माडी नगरपालिकाले यो वर्ष करिब २ करोड बजेट पर्यटन विकासमा लगाउँदै छ ।