व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७७
प्रस्तावना ः
नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने व्यवसायहरुको दर्ता,
नवीकरण, नियमन र खारेजी तथा व्यवसायहरुको बर्गीकरण सम्बन्धी
विषयमा प्रकृयागत स्पष्टता ल्याई व्यवसाय मैत्री वातावरण निर्माण
गर्न र व्यवसाय करलाई व्यवस्थित एवम् प्रभावकारी रुपमा कार्यान्वयन
गर्न वाञ्छनीय भएकोले,
माडी नगरपालिकाको माडी नगरपालिकाको प्रशासकीय
कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार
प्रयोग गरी माडी नगरकार्यपालिकाले देहायका कार्यविधी बनाई लागू
गरेको छ ।