माडी नगरपालिकाको कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८१
प्रमाणीकरण मितिः २०८१/०६/२१
माडी नगरपालिकाको समग्र आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रूपमा कृषि क्षेत्र रहेको छ । उर्वर कृषि
भूमीको रुपमा रहेको माडी नगरको कृषि व्यवसायलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी बनाउँदै
उत्पादन लागत घटाउन यान्त्रिकीकरण, बैज्ञानिकीकरण र वातावरणमैत्री बनाउँदै बजारीकरणमा जोड
दिनु जरूरी छ । माडी नगरपालिकाबाट सञ्चालन गरिने कृषि विकास कार्यक्रमहरूलाई थप प्रभावकारी,
पारदर्शी, जवाफदेही, उत्तरदायी एवं गुणस्तरयुक्त रूपमा कार्यान्वयन गर्न माडी नगरपालिकाले स्थानीय
सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) को व्यवस्था अनुरूप “माडी नगरपालिकाको कृषि
विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८१” जारी गरेको छ ।