बाल अधिकार संरक्षण तथा संबर्धन सम्बन्धी कार्यविधि, २०७८
प्रस्तावना ः
माडी नगरपालिकामा बालबालिकाको हक, हित र अधिकारको
सम्मान, संरक्षण, परिपूर्ति, पालना र सम्वर्धनका लागि नेपालको संविधान
तथा कानूनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्न तथा बालबालिकाको
बचावट, संरक्षण, विकास तथा सहभागिताको अधिकार लगायत सर्वोत्तम
हितको सुनिश्चितताका साथै बाल मैत्री स्थानीय शासनको प्रवर्धन गर्न
बाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २२६ ले दिएको अधिकार तथा स्थानीय
सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग
गरी माडी नगरपालिका कार्यपालिकाको ७! औ बैंठकबाट यो कार्यविधि
पारित गरी कार्यान्वयनमा ल्याईएको छ ।