माडी नगरपालिकाको विपन्नता पहिचान कार्यविधि, २०७८
प्रस्तावना ः
नेपालको संविधानमा उल्लेख गरीएको मौलिक हक प्रचलन
गर्नु राज्यको दायित्व भएको, नेपालको संविधानद्वारा स्थानीय तहलाई
प्राप्त व्यवस्थापकीय र कार्यपालिकाकीय अधिकार अन्तर्गत स्थानीय
क्षेत्रका विपन्न तथा बेरोजगार नागरिकहरुको पहिचान गरी तिनीहरुको
व्यवस्थापन गर्न बान्छनीय भएकाले नेपालको संविधानको धारा २२१
तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को अधिकार
प्रयोग गरी यो कार्यविधि जारी गरिएको छ ।