माडी नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७५
माडी नगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५
को दफा ४ ले दिएको अधिकार प्रयोग गरी माडी नगर कार्यपालिकाले
नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७५ जारी गरेको छ ।
प्रस्तावनाः
नेपालको संविधान, २०७२ को अनुसूची–८ बमोजिम उपभोक्ता हित
संरक्षणार्थ बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकिएको हँुदा सो
संबैधानिक दायित्व कार्यान्वयनको लागि नेपाल सरकार मन्त्री परिषद्बाट
मिति २०७३÷१०÷१८ मा स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदनको अधिनमा
रही माडीनगरपालिकाले निर्देशिका तयार गरेको छ । उपभोक्ताको स्वास्थ्य,
सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर,
परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न,
वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण
तथा संचय स्थल, थोक तथा खुद्रा विक्रि स्थल र उपभोग स्थल लगायतका
ठाउँहरूमा वस्तु वा सेवा प्रदायक वा बिक्रेताको व्यवसायिक कारोवारको
दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन लगायतका
व्यापारिक क्रियाकलापको नियमन गर्न तत्काल स्थानीय नगरपालिकाबाट
नियमित रुपमा प्रभावकारी बजार अनुगमन गर्न आवश्यक भएकोले माडी
नगरपालिकाले नगर सभाबाट पारित गरी यो निर्देशिका लागु गरेको छ ।